चुनावी तालमेलबारे परामर्श गर्न लुम्बिनी कांग्रेसद्वारा वार्ता समिति गठन, सम्वाद शुरू

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले स्थानीय तहको निर्वाचनमा तालमेलका विषयमा सम्वाद गर्न सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

समितिले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल र कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई जिताउने विषयमा गठबन्धनभित्र वार्ता र सम्वाद गर्ने उप–सभापति राजु खनालले जानकारी दिए ।

‘केन्द्रको निर्देशन र निर्णयका आधारमा लुम्बिनी प्रदेशभित्र पनि चुनावी गठबन्धनका विषयमा निर्णय सभापतिको संयोजकत्वमा ५ सदस्सीय वार्ता समिति बनाएका छौँ’, उनले भने, ‘औपचारिक र अनौपचारिक रुपमा सत्ता गठबन्धन दलका नेताहरूसँग कुराकानी पनि भएको छ ।’

वार्ता समितिको सदस्यहरूमा नेता भरत शाह, उप–सभापतिद्वय राजु खनाल र भुवन श्रेष्ठ, कोषाध्यक्ष प्रकाश राना रहेका छन् ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि लुम्बिनी प्रदेशले पनि वार्ता समिति गठन गरेर आफ्नो गृहकार्य शुरु गरेको छ ।

Published : Tuesday, 2022 April 12, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया