एमालेको प्रेस चौतारी पाल्पाका उपाध्यक्ष कांग्रेसमा प्रवेश

पाल्पा । एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपाल, पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् ।

पाल्पामा मंगलबार आयोजित कार्यक्रममा उपाध्यक्ष घिमिरे प्रेस युनियनमा प्रवेश गरेका हुन् ।

घिमिरेलाई लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइँमन्त्री बीरबहादुर राना, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, प्रेस युनियनका उप–सभापति दीपक आचार्य, प्रेस युनियन पाल्पा सभापति भरत शर्माले स्वागत गरेका हुन् ।

एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका घिमिरेले प्रजातान्त्रिक आस्था र धरोहरप्रतिको आफूमा आकर्षण पहिलेदेखि रहेको भन्दै प्रेस युनियनप्रति सधैँ कटिबद्ध भएर लाग्ने बताए ।

उनले आफू सँधै असल अभिभावकको खोजीमा रहेको बताएका छन् ।

उचित घर पहिचान गरी प्रेस युनियनलाई रोजेर प्रवेश गरेको घिमिरेले बताए ।

घिमिरेले केही दिन अगाडि प्रेस चौतारी पाल्पाको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

Published : Tuesday, 2022 April 12, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया