गृहमन्त्री खाणद्वारा नेपाल–अस्ट्रियाबीच सिधा उडाउन गर्न आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेकी छिन् ।

गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपशी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी गरेका हुन् ।

काठमाडौंबाट अस्ट्रियाको राजधानी भियनामा सिधा उडान गर्नेबारे कुराकानी भएको थियो ।

गृहमन्त्री खाणले काठमाडौं–भियना उडान भएमा दुबै मुलुकलाई फाइदा हुने बताए ।

राजदूत वजिरले उडानबारे सरकारसँग पहल गर्ने बताइन् ।

नेपाल र अस्ट्रियाबीच सन् १९५९ अगस्त १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

अस्ट्रियाले विशेषगरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ ।

अस्ट्रियाले पाटन संग्रालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको प्रवर्द्धनलगायतमा सहयोग गरेको छ ।

Published : Tuesday, 2022 April 12, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया