कम्युनिस्ट हराउने रणनीति बनाउन निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले बैठक बोलाएको छ ।

कांग्रेसका उप–सभापति समेत रहेका समितिका संयोजक पूर्णबहादुर खड्काले निर्वाचन तयारीका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । समितिको बैठक वैशाख २ गते पार्टी मुख्यालय ललितपुरमा बस्नेछ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवारहरूलाई जिताउन रणनीति बनाउने उदेश्यले बैठक बोइलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Published : Tuesday, 2022 April 12, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया