खाणले गृह मन्त्रालय सम्हाल्नेवित्तिकै आर्थिक अनुशासनमा सर्वोत्कृष्ट बन्यो प्रहरी, पायो नगद पुरस्कार

काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरूमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकाले नगद १० हजार रुपियाँ पुरस्कारसहित प्रंशासापत्र प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरूको आ.व. २०७६÷०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गरी बेरुजु फछर्यौट मूल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार मन्त्रिस्तरको निर्णयानुसार बेरुजु फर्छ्यौटको प्रगतिमा प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा विगत ४ आ.व. देखि निरन्तररुपमा प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।

Published : Tuesday, 2022 April 12, 8:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया