कांग्रेस नेतृत्वको सरकारविरुद्ध हर्कत गर्ने ओलीले ल्याएका गर्भनरलाई अर्थमन्त्रीले लात हाने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग टसल परेको २४ घण्टाभित्र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले अधिकारीलाई गभर्नरमा नियुक्त गरेका थिए ।
सरकारलाई असहयोग गरेको, अर्थसम्बन्धी नीतिगत सूचनाहरू चुहाएको आरोप लगाउँदै अर्थ मन्त्रालयले अधिकारीलाई निलम्बनको पत्र थमाएको छ ।
अधिकारीमाथि छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानविन समितिसमेत गठन गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
गभर्नर अधिकारीको कार्यशैलीप्रति अर्थमन्त्री शर्मा असन्तुष्ट थिए । शर्मा र अधिकारीबीच लामो समयदेखि व्यक्तिगत टसल परेको थियो ।
अधिकारीमाथि मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर प्रकृतिको सूचना चुहाएको आरोप लगाइएको छ ।
पछिल्ला दिनमा टाट पल्टिएको श्रीलंकासँग तुलना गरेर नेपालको अर्थतन्त्र नकारात्मक बाटोतर्फ अग्रसर भइरहेको भन्दै चर्चा भइरहेको छ ।
अधिकारी निलम्बनमा परेसँगै वरिष्ठतम् डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ ।
यसअघि अर्थमन्त्री शर्माले भनेका थिए, ‘राष्ट्र बैंक अर्थ मन्त्रालयको सल्लाहकार हो भन्ने सुनेको छु । हो पनि ! कसैले मलाई फोन गर्छन् यहाँ अर्थतन्त्रमा ठूलो समस्या भयो भन्छ ।’
‘शेयर किन्ने पैसामा क्याप लाइसक्यो । किन गराएको भनेर सोध्छन् । म गभर्नर सा’बलाई सोध्छु, के हो यो ? मैले सोध्न अन्त कहाँ जाने ? सल्लाहकारलाई त सोध्नु पर्यो’, उनले भनेका छन् ।
‘कहिले कहि बैंकको ब्याज बढ्छ । किन बढ्यो भनेर सोध्नुप¥यो । कहिले काँही कोही आउँछ र निवेदन दिन्छ’, शर्माले भने, ‘निवेदन के रहेछ हेरिदिनुपर्यो भन्दा मिडियालाई बुझाइन्छ । ऐन कानूनले चल्ने हो, मन्त्री होस् वा कुनै संस्था होस् ।’
अर्थमन्त्री शर्माले भनेका छन्, ‘मेरो बैंक खाता रोकियो भनेर आएको छ, के हो बुझिदिनुस्भन्दा ठूलो विषय बनाएर मिडियामा किन पुर्याइन्छ ? यस्तो अनुशासनले हुन्छ ?’
‘एउटा सञ्चालक समितिले ३० हजार डलर चाहियो बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन’, मन्त्री शर्माले भनेका छन् ।
‘हामीले केही समय एलसी नखाल्ने भनेका छौं । यो छलफल भएको १५ दिन भयो’, शर्माले भने, ‘म आग्रह गर्न चाहन्छु, १० देखि १५ दिन यता कतिले एलसी खोले मलाई रेकर्ड चाहिन्छ ।’
‘कतिपयलाई रहर छ नेपाललाई श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन’, मन्त्री शर्माले भने, ‘नेपाल र श्रीलंकाको तुलना हुन सक्दैन । हाम्रो ऋणको कुरालाई हेनुस्, हाम्रो उत्पादन क्षेत्रलाई हेर्नुस्, विदेशी लगानी हेर्नुस्, ऋण सहायता हेरौं ।’
‘तुलना नहुने कुरामा तुलना गर्दै जनतालाई आतंकित पार्ने एक थरीहरुले गरिरहेका छन्, त्यो गलत छ’, उनले भनेका छन्, ‘अर्थतन्त्रमा समस्याहरू छ, हामीले पनि भनिरहेका छौं । तरिका बदल्नुपर्छ भनेका छौं ।’
‘श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरूलाई अपील गर्न चाहन्छु । यस्तो प्रचारको अन्त्य गरौं, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु के–के हुन्, त्यसमा बहस गरौं । आवश्यकता आज यो हो’, उनले भने, ‘अहिले डलरको सञ्चिती साढे ६ महिनालाई पुग्नेछ । योभन्दा तल नझरोस् भनेर हामी सर्तक हुनुपर्छ ।’
‘किन बढ्दै गयो भन्दा विलासिताका सामान हामीले धेरै छुट दियौं’, शर्माले भनेका छन् ।
‘हाम्रो स्याउहरू जुम्ला र मुगुमा कुहिएर फालियो, स्याउ आयातमा प्रोत्साहित ग¥यौं, हाम्रो गल्ती त्यहाँ भएको छ’, मन्त्री शर्माले भने, ‘हाम्रा आलुहरू दुरदराजमा त्यतिकै फाकिएका छन् । तिनीहरूलाई बजारमा पु¥याउने सोँच बनाएनौं ।’
‘त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं । त्यही कारणले हामीले आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौं’, उनले भने, ‘हाम्रो त्यादन भएको प्याजलाई राख्ने स्टोर बनाउन सकेनौं । दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौं ।’
‘हामीसँग उत्पादनको लागि सबै कुरा छ, तर नीतिमा कतै कमजोरी भयो । कार्यान्वयनमा समस्या आयो । नीतिको दुरुपयोग भयो वा भ्रष्टाचार भयो ? खोज्नु पर्नेछ’, मन्त्री शर्माले भने, ‘हामीले हिजो भएका कपडा लगायतका उद्योग बन्द गर्यौं, आज बाहिरबाट ल्याएर लगाइरहेका छौं ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया