एमाले भ्रष्ट पार्टी हो, कम्युनिस्टले बढाएको कर कांग्रेसले जित्यो भने पुनःविचार गर्छ : सुनिल थापा
धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले एमालेलाई भ्रष्टाचारी पार्टीको संज्ञा दिएका छन् ।
सोमबार धनकुटाको छथर जोरपाटी गाउँपालिका– ५ मा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कम्युनिस्टका सांसदले प्रत्येक वर्ष पाउन गरेको ७ करोडको हिसाव जनतालाई देखाउनुपर्ने बताए ।
‘तपाईहरूले जिताएर पठाउनुभएको एमालेको सांसद राजेन्द्र राईले वर्षको ७ करोड रुपियाँ विकास पूर्वाधारका लागि पाउनु हुन्छ । प्रदेश सांसदले पनि २/३ करोड पाउँछन्’, थापाले भने, ‘उहाँहरू निकट भविष्यमा भोट माग्न आउनुहोला । तपाईहरूले सोध्नुस् ३५ करोड रुपियाँ केमा खर्च गरिस भनेर । सोध्ने कुरा तपाईको अधिकार हो ।’
उनले भने, ‘कम्युनिस्टका सांसदलाई सोध्नुस् तपाईले काठमाडौं, विराटनगरमा घर कसरी किन्नुभयो ? इटहरीमा जग्गा कसरी किन्नुभयो भनेर । हिजो साइकल चढे मानिसले घर किनेर बसेका छन् । गाडी चढेका छन् ।’
‘आज पनि कम्युनिस्टले डर धम्की त्रास दिएर राखेका छन्’, उनले भने, ‘मलाई पनि आक्रमण भएको थियो । हामी डटेर लड्यौँ । कम्युनिस्टले केही गर्न सकेनन् ।’
‘हामीलाई जिताउनुस् । कम्युनिस्टले बढाएर लगाएको करलाई कांग्रेसले पुनःविचार गर्नेछ’, कांग्रेस नेता थापाले भनेका छन् ।
‘भ्रष्टाचारी एमालेले गरेको कुरामा म धेरै जोड दिन चाहन्न’, उनले भने, ‘मैले पटक–पटक भनेको थिएँ । मलाई स्मरण छ । २०७४ सालमा यहि ठाउँमा आएर भाषण गरेको थिएँ । मलाई जिताउनुस्, भोट दिनुस् म विकासको कामहरू गर्छु भनेर । कम्युनिस्टले जिते भने तपाईलाई पिँजडाको सुगा बनाउँछन् ।’
उनले भने, ‘कम्युनिस्टले तपाईहरूमाथि थिचोमिचो गर्छन् । तपाईको पखेटा काट्छन् । तपाईहरूलाई सुगा बनाएर जे–जे गर भन्छन् त्यही गर्नुको विकल्प रहँदैन भनेको थिएँ । आज त्यही कुरा धनकुटामा एमालेहरूले जनताप्रति गरेको व्यवहारले त्यो देखाइरहेको छ ।’
‘एमालेहरूले ब्यापक रुपले करको दायरा बढाउँछन्, भत्ताखानको लागि, तलब खानको लागि मालपोत बढाउँछन्, जन्ममृत्यु दर्तामा पनि, जेमा पनि दर्ता शुल्क भनेर यिनीहरूले लिन्छन्’, कांग्रेसका नेता थापाले भनेका छन् ।
‘धनकुटाका सातैवटा पालिकामा म जाँदा ब्याप्त रुपमा करहरूको दायरा अत्याधिक बढाइएको पाएँ । कम्युनिस्ट शासनले अहित गर्छ’, उनले भने, ‘तपाईहरूले कमाएको जग्गा, तपाईले कमाएको धनसम्पत्ति पनि राष्ट्रियकरण गर्छन् भनेको थिएँ । त्यो पनि झण्डै भसकेको थियो ।’
उनले भने, ‘दुईटा मन्त्री, एमालेको सरकार हुँदा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले अब हामी क्रान्तिकारी भूमिसुधार कार्यक्रम लगाएर सबै घर जग्गाहरू व्यक्तिको नाममा होइन राष्ट्रको नाममा जम्मा हुन्छ भनेका थिए ।’
‘भाग्यबस दुईतिहाईको सरकारले ३ वर्ष नकाट्दै कोल्टे परेर झनुपर्यो । यसबाट बच्नु पर्यो’, थापाले भनेका छन् ।
‘२०७४ सालको निर्वाचनमा हारेपछि म पटक–पटक आएको छु’, थापाले भने, ‘कम्युनिस्टले जितको छ । तर, विकास केही भएको छैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया