पूर्व प्रधानन्यायाधीश श्रीमानसँग प्रेम आलेको साँठगाँठ, वकिलहरूका बीच खैलाबैला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठबीच निकै घनिष्ठ सम्बध रहेको खुलासा भएको छ ।

मन्त्री आलेले श्रेष्ठसँग नियमित सम्वाद गर्ने गरेको स्रोतको दाबी छ । उनीहरूका बीच के विषयमा कुरा हुने गरेको हो केही भनिएको छैन ।

तर, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मन्त्री आलेले कानून परामर्श र सल्लाह दिने गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मन्त्री आलेले पर्यटन मन्त्रालयविरुद्धका मुद्धाहरू पूर्वप्रधानन्यायाधीश श्रेष्ठमार्फत अगाडि बढाउने गरेको आरोप र चर्चा छ । यस विषयमा मन्त्री आले र श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

अवकासपछि पनि श्रेष्ठले सर्वोच्च अदालतमा हस्तक्षेप गरेर उत्पात मच्चाएको आरोप लाग्ने गरेको छ ।

महाअभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई हटाउने आन्दोलनमा पनि श्रेष्ठको ठूलो भूमिका रहेको भनेर कानून व्यवसायीहरूका बीच चर्चा हुने गरेको छ ।

श्रेष्ठले बेलाबेला पूर्वप्रधानन्यायाधीशहरूको नाममा प्रेस विज्ञप्ति जारी गरेर न्यायालयभित्र हस्तक्षेपको प्रयास गर्दै आएका छन् ।

Published : Monday, 2022 April 4, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया