कांग्रेसका उम्मेदवारलाई जिताउन नेता बस्नेतको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् ।

काठमाडौंमा शनिबार र शुक्रबार आयोजित अलग–अलग कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले विकासका लागि कांग्रेसलाई जिताउनुपर्ने बताए । उनले कम्युनिस्टबाट देशको विकास हुन नसक्ने बताए ।

झुठको खेती गरेर कम्युनिस्टले जनतालाई सधैं झुक्काएको भन्दै नेता बस्नेतले अबको तीन तहको निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने बताए ।

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत काठमाडौंमा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका बस्नेतले विभिन्न कार्यक्रममा सहभागी भएर पार्टीको केन्द्रीय नीतिका विषयमा जानकारी गराउँदै आएका छन् ।

नेता बस्नेतले कांग्रेसको काठमाडौं जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. ३ द्वारा आयोजित कार्यक्रमको क्षेत्रीयस्तरको कार्यक्रम सहभागी भएका छन् ।

यसअघि शुक्रबार नेता बस्नेत काठमाडौं जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ र क्षेत्र नं. २ द्वारा आयोजित कार्यक्रमहरूमा सहभागी भएका थिए ।

Published : Saturday, 2022 April 2, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया