कांग्रेसका सम्भावित उम्मेदवारहरूको नाम ४ दिनभित्र पठाउन निर्देशन, वडासम्म नेताहरू सक्रिय
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा उम्मेदवार हुन चाहनेहरूको नामावली पठाउन निर्देशन दिएको छ ।
कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन जारी गरेको हो ।
कांग्रेसले ७७ वटै जिल्ला समितिमार्फत् ७५३ वटै स्थानीय तहका समितिलाई परिपत्र गर्दै वैशाख २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले ७५३ वटा स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको जानकारी दिएका छन् ।
परिपत्रमा वडा समितिको बैठक चैत २० गते बसेर चैत २१ गते उम्मेदवार सिफारिस गरि माथिल्लो तहमा पठाउने अन्तिम मिति तोकिएको छ ।
गाउँपालिका/नगरपालिका समितिले चैत २२ गतेसम्म बैठक बसेर चैत २३ गते सिफारिस गर्नुपर्नेछ ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिको बैठक चैत २४ गतेसम्म सकेर चैत २५ गतेसम्म सिफारिस गरिसक्न कांग्रेसको निर्देशन छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको बैठक चैत २६ गते बस्ने र चैत २९ गतेसम्म सिफारिस गर्नुपर्ने भनिएको छ ।
जिल्ला समितिको बैठक चैत २८ गते बसेर चैत २९ गते नाम सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
गाउँपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ/नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ ।
कांग्रेसले पालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउन भनेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया