देउवाद्वारा प्रचार समिति बिस्तार, को–को मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ६७ ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ बिस्तार गरेका छन् ।

कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नेतृत्वको समितिलाई सभापति एवम् प्रधानमन्त्री देउवाले शुक्रबार विस्तार गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन प्रचार प्रसार गर्ने देउश्यले कांग्रेसको केन्द्रीय कार्यसमितिले समिति गठन गरेको थियो ।

समितिको सदस्यहरूमा जीपछिरिङ लामा, दीपक गिरी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाइँ, बहादुरसिंह लामा तामाङ रहेका छन् ।

अमृत अर्याल, रामजनम चौधरी, गोपाल दहित, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, ध्रुव वाग्ले, दिनेशकुमार यादव, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, राजीव ढुंगाना पनि समितिको सदस्यमा मनोनीत भएका छन् ।

गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजिवबिक्रम शाह, विनोदकुमार चौधरी, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही पनि सदस्यमा मनोनीत भएका छन् ।

मोहन आचार्य, जावेदा खातुन जागा, नागिना यादव, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, उर्मिला नेपाल केसी, सुशीला थिङ, सुशीला ढकाल आचार्य, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक पनि समितिको सदस्यमा मनोनीत भएका छन् ।

समितिको पदेन सदस्यमा नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङ, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, शम्भु हजारा पासवान (नेपाल दलित संघ), नेपाल मुस्लिम संघका कार्यवाहक अध्यक्ष, नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष ओम थापा मगर, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकाल, डिल्लीप्रसाद शिवाकोटी (प्रशासन, व्यवस्थापन र विकास केन्द्रका अध्यक्ष), नेपाल लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा शेर्पा पनि मनोनीत भएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघका जगत तिमिल्सिना, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका अध्यक्ष उमेशप्रसाद थानी, प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्की, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपालका अध्यक्ष दामोदर शर्मा, नेपाल कुमाल संघका अध्यक्ष भीमसेनबहादुर कुमाल, लोकतान्त्रिक नेवाः खलका अध्यक्ष नेमसिंह नकर्मी र डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसनका अध्यक्ष कौशलकुमार पौडेल पनि सदस्यमा मनोनीत भएका छन् ।

Published : Friday, 2022 April 1, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया