संगीतकार श्रेष्ठको उपन्यास ‘फरैना’को गीत रिलिज
काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले ‘फरैना’ उपन्यास लेखेका छन् ।
‘फरैना’ प्रकाशित गर्ने तयारी गरेका श्रेष्ठले उपन्यासभित्र रहेको एउटा गीतलाई संगीतबद्ध गरेर युट्युबमार्फत सार्वजनिक गरेका छन् । ‘हिमाल झुक्न सक्छ’ बोलको गीतको स्वर, संगीत र शब्दको संयोजक अति नै राम्रो बनेको छ ।
संगीतकार श्रेष्ठको उपन्यासमा थारु समुदायकी महिलाको कथालाई समेटिएको छ ।
गीतको शब्द, संगीत र स्वर श्रेष्ठको नै रहेको छ । राजु कार्कीको एरेञ्ज रहेको गीतमा सुष्मा लिम्बु, दीपा तामाङले स्वरमा साथ दिएका छन् ।
हेमप्रभास अधिकारीको निर्देशन, राज पोखरेलको कोरियोग्राफर र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा ‘फरैना’ उपन्यासको तस्वीर पनि देखाइएको छ ।
Published : Thursday, 2022 March 31, 10:59 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया