कांग्रेसका उम्मेदावरहरूलाई जिताउन निर्वाचन परिचालन समितिको बबाल निर्णय
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले प्रदेश लगायत विभिन्न तहका सभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्व गठन गर्ने निर्णय गरेको छ ।
बिहीबार ललितपुरमा बसेको समितिको पहिलो बैठकले विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
‘आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गर्दछ’, खतिवडाले भनेका छन् ।
बैठकमा प्रवक्ता डा.प्रकाशशरण महत, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठले बोलेका थिए ।
रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु वाँस्तोला र जीवन रानाले पनि आ–आफ्नो धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले उप–सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया