ललितपुरबाट विभिन्न जिल्लाका युवतीसहित १५ जना ‘दले’हरू पक्राउ
काठमाडौं । ललितपुर यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिएर हैरानी गर्ने १५ जना दलाल (दले)हरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विगत लामो समयदेखि ललितपुर महानगरपालिका– १३ कुसुन्तीमा रहेको यातायात ब्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसर तथा वाहिर समेत अनाधिकृत रुपमा मानिसहरू भेला भई कार्यालयमा आफ्नो व्यक्तिगत कामको लागि आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा वाधा तथा अवरोध पुर्याउनेहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सर्वसाधारण मानिसहरूबाट जन गुनासो प्राप्त भएपछि कार्यालय वरपर सार्वजनिक सडक बाटोमा हुल भई सर्वसाधारणलाई कार्यालयबाट प्राप्त गर्ने सेवाहरू प्राप्त गर्न वञ्चित गराएका व्यक्तिलाई प्रहरीको टोलीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा खोटाङको दिक्तेल स्थाई वतन भई हाल ललितपुरको बागडोलमा बस्ने वर्ष १९ वर्षीया इनिमाया राई, कुसुन्ती बस्ने २५ वर्षीय नीमा लामा, उदयपुरको त्रियुगा नगरपालिका– ९ स्थाई वतन भई हाल ललितपुरको कुसुन्ती बस्ने १९ वर्षीया कुसुम दनुवार राई, ओखलढुंगाको रंगद्विप स्थाई वतन भई हाल ललितपुरको जावलाखेल बस्ने ३२ वर्षीय अर्जुन विश्वकर्मा, गुल्मीको रिडी नगरपालिका स्थाई वतन भई हाल ललितपुरको कुसुन्ती बस्ने २१ वर्षीय अरुण मगर रहेका छन् ।
ललितपुरमा बस्ने ३७ वर्षीय शंकर कार्की, धादिङको मैदी स्थाई वतन भई हाल ललितपुरको नख्खु बस्ने ३० वर्षीय कृष्ण श्रेष्ठ, सर्लाही अत्रौली स्थाई वतन भई हाल काठमाडौंको कालीमाटी बस्ने ३० वर्षीय राजिव पाख्रिन, रामेछापको सुनपानी स्थाई वतन भई हाल ललितपुरको बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, ललितपुरको कुसुन्ती बस्ने २४ वर्षीय उमेश लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको गोकुलकुञ्ज स्थाई वतन भई हाल ललितपुरको एकान्तकुना बस्ने २६ वर्षीय दिलीप खड्का, उदयपुरको गाईगाट स्थाई वतन भई हाल ललितपुरको कुसुन्ती बस्ने २४ वर्षीय कुमार दनुवार राई, रामेछापको मन्थली स्थाई वतन भई हाल ललितपुरको एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर, काभ्रेपलाञ्चोकको नमवुद्ध स्थाई वतन भई हाल ललितपुरको सातदोवाटो बस्ने २३ वर्षीय दीपक घोरासैनी, ललितपुरको महालक्ष्मी– ३ इमाडोल बस्ने ३० वर्षीय दीपेन्द्र खड्कालाई पनि प्रहरीले पक्राउ गरेको जनाएका छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया