चलचित्रका निर्देशक बेलबासे कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बन्ने

घोराही । नेपाली कांग्रेसका युवा नेता गणेश बेलबासेले घोराही उप–महानगरपालिका– १८ को वडाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली चलचित्रका निर्देशक र अभिनेता समेत रहेका कांग्रेस नेता बेलबासेले स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेको बताए ।

उनले भने, ‘स्थानीय तहको निवर्चनमा वडाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको छु । सबै साथीहरूले सहयोग गरेर जिताउने प्रतिवद्धता जनाउनुभएको छ ।’

कांग्रेसको दाङ नेतृत्वले आफूलाई वडाध्यक्षमा टिकट दिने अपेक्षा लिएको नेता बेलबासेले बताएका छन् । पार्टीले टिकट दियो भने कम्युनिस्टका उम्मेदवारहरूलाई पराजित गरेर कांग्रेसको नाम राख्ने र जनताको सेवा गर्ने उनले बताएका छन् ।

नेता बेलबासेले ‘उहिलो बाजेको पालामा’ र ‘प्रेमनाथ’ जस्ता चलचित्र निर्माणका छन् । उनले ‘प्रेमनाथ’लाई निर्देशन गरेका थिए । बेलबासे अभिनेता पनि हुन् ।

Published : Wednesday, 2022 March 30, 9:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया