सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त भएका छन् ।

मंगलबार श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा न्यायाधीशमा नियुक्त गरिएको हो ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।

Published : Tuesday, 2022 March 29, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया