शेखर कोइराला धेरै कचकच गरेपछि गृहमन्त्री खाणले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको सरकार बनाउने बेलानै चुनावमा गठबन्धन गर्ने सहमति गर्ने सहमति भएको बताएका छन् ।

सोमबार कांग्रेसको मुख्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले गठबन्धनको मोडालिटीमा भने छलफल हुन जरुरी रहेको बताए ।

खाणलाई उदृत गर्दै स्रोतले भन्यो, ‘सरकार बनाउने बेला नै तीनै तहका निर्वाचनमा गठबन्धन गरेर जाने सहमति थियो । अहिले तोड्न हुँदैन ।’

उनले गठबन्धनका नाममा आफ्नो संगठन अलग–थलग पार्न नहुने बताएका छन् ।

शेखर कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने ? भन्दै प्रश्न गरेपछि खाणले जवाफ दिएका हुन् ।

कांग्रेसलाई कमजोर बनाउने गरेर कम्युनिस्टलाई एक ठाउँमा मिल्ने गरेर शेखर कोइराला समूहले हर्कत गर्दै आएको छ ।

Published : Monday, 2022 March 28, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया