देउवा नबोलेरै गर्छन् काम, दुईतिहाईको कम्युनिस्टले गर्न नसकेको काम कांग्रेसले समयमै भ्यायो

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गर्न नसकेको काम नेपाली कांग्रेस नेतृत्वको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले गरेर काम फत्ते गरेका छन् ।

मंगलबार देउवा सरकारले रेल्वे अध्यादेश २०७८ जारी गरेर रेल चलाउने भएको हो । देउवाले सरकारको नेतृत्व लिएको ६ महिनामै रेल चलाइदिएका छन् ।

नेपालको संविधान धारा ११४ को उप–धारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा रेल्वे अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यादेश जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनमा आउनेछ । कानून अभावमा प्राविधिक रुपमा सबै तयारी भए पनि रेल सेवा सञ्चालन हुन सकेको थिएन ।

एक महिनादेखि जयनगरबाट कुर्थासम्म यात्रुविना रेल ओहोरदोहोर गरिरहेको छ ।

रेलको परीक्षण सफल भएको थियो । कानून अभावमा रेल्वे सेवा सञ्चालन हुन सकेको थिएन ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले यात्रुसहित रेल सञ्चालन हुने बताएका छन् ।

व्यावसायिक रुपमा रेल चलाउन प्राविधिक रूपमा सबै तयारी भइसकेको छ ।

कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । रेलको भाडादर पनि निर्धारण भइसकेको छ ।

तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री ओलीले रेल चलाउन सकेका थिएनन् । ओलीले रेलका डिब्बालाई त्रिपालले छोपेर राखेका थिए ।

देउवा प्रधानमन्त्री हुनेवित्तिकै भारतसँग कुरा गरेर रेल चलाउने निर्णयमा पुगेका छन् ि। कम्युनिस्टहरू गफाडी हुन्छ भन्ने कुरा रेलको विषयले पनि पुष्टि गरेको छ ।

ओलीले चीनबाट रेल ल्याउने, पूर्वपश्चिम रेल चलाउने, घर–घरमा पाइपबाट ग्यास दिने, पानीजहाज चलाउने जस्ता गफ लगाएका थिए ।

नेपाली कांग्रेसले जनतालाई गफ लगाएर भ्रममा पार्नेभन्दा पनि काम गरेर व्यवहारमा देखाउने गर्छ ।

Published : Tuesday, 2022 March 22, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया