भावुक बने गृहमन्त्री खाण र उर्मिलाका पति नवीन, क्षतिपूर्ति दिने घोषणा
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका– ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
उर्मिलाका श्रीमान नवीन श्रेष्ठलाई टेलिफोन गरेर गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यको तर्फबाट परिवारलाई सहुलियत उपलब्ध गराउने बताएका हुन् ।
‘कर्तव्य पालनाको शिलशिलामा उहाँको मृत्यु भएको छ । उहाँप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु’, गृहमन्त्री खाणको भनाइ उध्रित गर्दै उर्मिलाका पति नवीनले भने, ‘तपाईहरूले उहाँको काज किरियासम्बन्धी कार्य सिध्याएर सम्पर्कमा आउनुहोला । राज्यबाट हामीले सक्दो सहयोग प्रदान गर्छौ ।’
गृहमन्त्री खाणले उर्मिलाका पति नवीनलाई फोन गर्दा दुबै जना भावुक बनेका थिए ।
फागुपूर्णिमाका दिन चैत चार गते शिक्षा विकास माध्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र–छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विध्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।
त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिएन् । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
गृहमन्त्री खाणले लेटाङ घटनाको छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया