सीमित स्रोत साधनले स्थानीय तहमा धेरै काम भएको छ : देउवा
तेमाल । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित गराउने जनाएका छन् ।
शनिबार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘देश अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ ।’
जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्न आवश्यक रहेको उनले बताएका छन् ।
मुलुकमा तीन तहको शासनप्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको प्रधानमन्त्री देउवाले बताएका छन् ।
‘सीमित स्रोत–साधानका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ’, उनले भनेका छन् ।
उनले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो–छरितो ढङ्गले बिना कुनै मरमोलाहिजा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य रहेको बताएका छन् ।
यसअघि प्रम देउवाले तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित एकै स्थानमा निर्मित स्वयम्भु, बौद्ध, नमोबुद्ध स्तुपाको उद्घाटन गरेका थिए ।
काभ्रेपलाञ्चोक कांग्रेसका सभापति तीर्थ लामा, कांग्रेसको तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामा, तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ पनि धारणा राखेका थिए ।
तीन तलाको भवन चार करोड ६४ लाखमा निर्माण भएको छ ।





बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया