गायक भुपु पाण्डको ‘ह्याप्पी होली’ रिलिज, टिनेजरले रुचायो गीत
काठमाडौं । गायक भुपु पाण्डेको स्वरमा ‘ह्याप्पी होली’ बोलको गीत रिलिज भएको छ ।
राजेश अर्यालको शब्द रहेको गीतमा गायक पाण्डेले नै संगीत दिएका छन् ।
होली पर्व आउनै लागेका बेला गायक पाण्डेले फास्ट ट्रयाकमा रहेको गीत ल्याएका छन् । गीतलाई युवाहरूले मन पराउने गायक पाण्डेको भनाइ छ । उनले भने, ‘विशेष गरेर यो गीतलाई टिनेजरले धेरै रुचाइदिनुभएको छ ।’
म्यजिक भिडियोलाई युट्युबबाट रिलिज गरिएको छ । भिडियोको निर्देशन र कोरियोग्राफर सुरजदेव कुसुम्याले गरेका छन् ।
भिडियोमा विजु पार्की, कविता नेपाली, गरिमा शर्मा, वीना राउत, सरोज प्रजा, उषा उप्रेती, डिमोन क्षेत्री, प्रिन्स विश्वकर्मा, ऋचा थापा र विजय पुनको अभियन रहेको छ ।
Published : Monday, 2022 March 14, 10:14 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया