सिन्धुपाल्चोक कांग्रेसमा संस्थापनका १५ जिल्ला सदस्य र १२ महासमिति सदस्य निर्विरोध, बस्नेतले जादु देखाए

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन प्रक्रियामा संस्थापन समूहका १५ जना जिल्ला सदस्य निर्विरोध बनेका छन् ।

शेखर कोइराला समूहले सदस्यहरूमा उम्मेदव नपाएपछि संस्थापनले १५ जना जिल्ला सदस्य निर्विरोध पाएको हो । सिन्धुपाल्चोकमा संस्थापन बलियो मानिन्छ ।

सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सभापतिमा जंगबहादुर तामाङलाई उम्मेदवार बनाएका छन् ।

शेखर कोइराला समूहले वंशलाल तामाङलाई उम्मेदवार बनाएको छ । प्रेमध्वज लामाले संस्थापन समूहबाट सभापतिमा बागी उम्मेदवारी दिएका छन् । वंशलाल र प्रेमध्वज सभापतिका कमजोर उम्मेदवार हुन् ।

यसैबीच, सिन्धुपाल्चोकको क्षेत्र नं. १ को महासमिति सदस्यमा ११ जना निर्विरोध भएका छन् । उनीहरू सबै संस्थापन पक्षका हुन् । क्षेत्र नं. १ मा शेखर कोइराला समूहको पत्तासाफ भएको छ ।

क्षेत्र नं. २ मा बासु अधिकारी महासमिति सदस्यमा निर्विरोध भएका छन् । अधिकारी पनि संस्थापन समूहका हुन् । क्षेत्र नं. २ मा बाँकी १० सदस्यमा निर्वाचन हुनेछ ।

Published : Saturday, 2022 March 12, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया