यी हुन् कांग्रेसले ७७ जिल्लामा खटाएका नेताहरू, को कुन जिल्लामा परे ?
काठमाडौं । नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ ।
कांग्रेसले फागुन २९ गतेदेखि सबै जिल्लामा निर्वाचन केन्द्रित कार्यक्रम गर्दैछ । कांग्रेसले पूर्व केन्द्रीय सदस्यहरूलाई पनि खटाएको छ ।
कांग्रेसले ‘घरघर जऔँ, कांग्रेसलाई जिताऔँ’को नारासहित अभियान गर्न थालेको छ ।
ताप्लेजुङमा तारामान गुरुङ, पाँचथरमा राजीव ढुंगाना, इलाममा सरिता प्रसाइँ, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा आङगेलु शेर्पा, धनकुटामा रामहरि खतिवडा, भोजपुरमा सुशीला शर्मा ढकाल, खोटाङमा कल्पना चौधरी, सोलुखुम्बुमा माया राई, ओखलढुंगामा सरस्वती बजिमय, उदयपुरमा प्रदीपकुमार सुनुवार, झापामा उमेशजंग रायमाझी, मोरङमा केशवकुमार बुढाथोकी र सुनसरीमा अमृत अर्याललाई कांग्रेसले प्रतिनिधिका रुपमा खटाएको छ ।
सप्तरीमा महेन्द्रकुमार राय, सिरहामा दिनेश यादव, धनुषामा मञ्जु खाण, महोत्तरीमा श्यामकुमार घिमिरे, सर्लाहीमा नगीना यादव, रौतहटमा कल्याण गुरुङ, बारामा जावेदा खातुन जागा र पर्सामा डा.चन्द्रमोहन यादवलाई कांग्रेसले खटाएको छ ।
दोलखामा हरिशरण नेपाली, रामेछापमा कुन्दनराज काफ्ले, सिन्धुलीमा मुक्ताकुमारी यादव, काभ्रेपलाञ्चोकमा उर्मिला केसी, सिन्धुपाल्चोकमा गंगादेवी अवाल, रसुवामा रमा कोइराला पौडेल, नुवाकोटमा मदनबहादुर अमात्य, धादिङमा डा.गोविन्दप्रसाद पोखरेल, चितवनमा अब्दुल सतार, मकवानपुरमा गुरुराज घिमिरे, भक्तपुरमा जितजंग बस्नेत, ललितपुरमा अम्बिका बस्नेत र काठमाडौंमा मोहनबहादुर बस्नेतलाई कांग्रेसले खटाएको छ ।
गोरखामा नानु बास्तोला, लम्जुङमा अञ्जली श्रेष्ठ, तनहुँमा मधु आचार्य, कास्कीमा ध्रुब वाग्ले, मनाङमा गणेश लामा, मुस्ताङमा अजयबाबु सिवाकोटी, पर्वतमा प्रतिमा गौतम, स्याङजामा प्रदीप पौडेल, म्याग्दीमा चम्पादेवी खड्का, बाग्लुङमा दिलमान पाख्रिन, नवलपुरमा टेकप्रसाद गुरुङलाई कांग्रेसले प्रतिनिधिका रुपमा खटाएको छ ।
नवलपुरमा मदनकृष्ण श्रेष्ठ, रुपन्देहीमा उदयशम्शेर राणा, कपिलवस्तुमा अब्दुल रज्जाक, पाल्पामा सरस्वती अर्याल तिवारी, अर्घाखाँचीमा शान्ति परियार, गुल्मीमा दिनेश कोइराला, रुकुम पूर्वमा रुपा विक, रोल्पामा गेहेन्द्र गिरी, प्यूठानमा किरण पौडेल, दाङमा चन्द्र केसी, बाँकेमा दीपक गिरी, बर्दियामा गुरु बराललाई कांग्रेसले खटाएको छ ।
रुकुम पश्चिममा सुशीला थिङ, सल्यानमा राजिवविक्रम शाह, डोल्पामा डा.गोपाल दहित, जुम्लामा कृष्णकिशोर घिमिरे, मुगुमा कर्णबहादुर बुढा, हुम्लामा योगेन्द्र चौधरी, कालीकोटमा बाबुराम बस्नेत, जाजरकोटमा जीवन राना, दैलेखमा जानकी सिंह, सुर्खेतमा मानबहादुर नेपालीलाई कांग्रेसले खटाएको छ ।
बाजुरामा अर्जुनजंगबहादुर सिंह, बझाङमा रमेश लेखक, डोटीमा किरण गिरी, अछाममा सीताकुमारी राना, दार्चुलामा अरुण राठौर, बैतडीमा यज्ञराज जोशी, डडेल्धुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा नैनसिंह महर र कैलालीमा गोविन्दबहादुर शाहलाई कांग्रेसले प्रतिनिधिका रुपमा खटाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया