सानातिना मतभेद भुलौं, पहिला कांग्रेसलाई बहुमतमा पुर्यौं : शेरबहादुर देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।
मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा देउवाले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् ।
‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला’, देउवा भने, ‘कांग्रेसको पक्षमा माहोल बनाउनु होला ।’
सभापति देउवाले चुनावी अभियानमा प्रतिपक्षलाई उग्र बनाउने गतिविधि नगर्न निर्देशन दिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताएका छन् ।
‘निर्वाचनसम्बन्धी गतिविधिमा एमालेलाई उत्तेजक बनाउने गरी व्यवहार नगर्नू’, देउवाको निर्देशन उद्धृत गर्दै खतिवडाले भने, ‘गठबन्धनमा रहेका दलहरूको पनि चित्त दुखाउन आवश्यक छैन ।’
खतिवडाले भने, ‘प्रतिपक्ष दलको अध्यक्षले उग्र व्यवहार गरेकै कारण अहिलेको अवस्था आएको हो । हामीले त्यसो गर्न आवश्यक छैन ।’
देउवाले मिलेनियम एमसीसीसँगको सम्झौता अनुमोदन गरेकै कारण विदेशीहरूसँग सम्बन्ध राम्रो भएको बताएका छन् ।
सबै तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई सभापति देउवाले निर्देशन दिएका छन् ।
उनले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्ने बताए ।
कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
निर्वाचन केन्द्रित गतिविधिका लागि कांग्रेसले ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य परिचालन गरेको छ ।
उनीहरूले जिल्लामा गएर स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधिलाई तीव्रता दिएर कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने जिम्मेवारी तोकिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया