चीनका विदेश मन्त्री नेपाल भ्रमणमा आउने
काठमाडौं । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् ।
चीन समर्थक एक नेपाली अनलाइन पोर्टलले परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गर्दै चीन सरकारले विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन इच्छुक रहेको सन्देश कुटनीतिक च्यानलबाट हालै काठमाडौं पठाएको उल्लेख गरेको छ ।
एमसीसी संसदबाट अनुमोदन भएको केही दिनभित्रै चीनले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको छ ।
भ्रमणको मिति टुंगो लाग्न बाँकी छ । चैतभित्र भ्रमण हुने प्रबल संभावना रहेको छ । भ्रमणको मिति अझै टुंगो भइसकेको छैन । भ्रमण हुने चाहिँ पक्का भएको छ ।
अमेरिकाले नेपाललाई करीव ६० अर्बको अनुदान सम्झौता एमसीसीमार्फत दिने भएपछि चीन असन्तुष्टि जनाएको थियो ।
चीनले आफ्नो सुरक्षा चासो समेत दर्शाउँदै नेपालका राजनीतिक दलहरूलाई एमसीसी सम्झौता अनुमोदन नगर्न पनि दबाब दिएको थियो । नेपालमा एमसीसी रोक्न चीन असफल भएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी मुलुकबाट महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए । उनले कुन देशबाट भ्रमण हुन लागेको हो खुलाएनन् ।
भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि नेपाल भ्रमणमा ल्याउने प्रयास भइरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया