‘अक्टोपस’का कारण सर्लाही कांग्रेसको अधिवेशन बिथोलिन थाल्यो, शेखर समूहले औकात देखायो

मलंगवा । शेखर कोइराला समूहका नेता अमरेशकुमार सिंह नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशनलाई बिथोल्न लागेका छन् ।

सोमबार बिहान ९ बजे शुरु हुनुपर्ने मतदान दिउँसोसम्म शुरु भएको छैन । अमरेशसिंहले विभिन्न बखेडा निकालेर मतदान रोक्ने प्रयास गरिरहेका छन् । अमरेशको योजनालाई निर्वाचन अधिकृतले पनि साथ दिएपछि नयाँ मोडतिर अधिवेशन गरएको हो ।

अमरेशले सभापतिमा उम्मेदवार बनाएका लक्ष्मण राय पराजित हुने लगभग पक्का जस्तै छ । आफ्नो समूहको पराजय हुने भएपछि अमरेशले लफडा गरेको कार्यकर्ताहरूको आरोप छ ।

सामान्य कुरालाई लिएर अमरेश र उनको समूहले बखेडा झिकेको हो ।

संस्थापनबाट सभातिमा सुरेन्द्रप्रसाद सिंह उम्मेदवार बनेका छन् । सुरेन्द्रको टिमले जित्ने देखेपछि आफ्नो राजनीतिक समाप्त हुने देखेका अमरेशले बबाल गरेका हुन् ।

नेपाली राजनीतिमा ‘अक्टोपस’को उपाधि पाएका अमरेशले यसअघि पनि जिल्ला अधिवेशन बिथोलिसकेका छन् । उनकै कारणले अधिवेशन समयमा हुन सकेको थिएन ।

अधिवेशनमा बन्दुक पड्काउनेदेखि कार्यकर्तालाई आतंकित पर्ने कार्यले अमरेशको हर्कतले सर्लाही कांग्रेसका नेता कार्यकर्ता दिक्क भएका छन् ।

Published : Monday, 2022 March 7, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया