स्याङजामै नराम्रोसँग पच्छारिएका श्रेष्ठले मागे कांग्रेसमा ठूलो पद, बालुवाटारमा खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसभित्र गुटमा रहेर धेरै अवसर लिने नेता गोपालमान श्रेष्ठले ‘वरिष्ठ नेता’को पद चाहियो भनेर बबाल मच्चाएका छन् ।
१४औँ माहाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्छु भनेर शेरबहादुर देउवासँग बगावत गरेका श्रेष्ठले अन्तिममा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर चित्त बुझाएका थिए ।
गलत हर्कतका कारण उनी स्याङजामा प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित भए ।
जिल्ला अधिवेशनमा देउवा समूहलाई जिताउन सकेनन् । श्रेष्ठका कारण देउवा समूहबाट उम्मेदवार बनेका धेरै नेताहरू स्याङजामा हार्न पुगेका छन् ।
श्रेष्ठले जिल्ला सभापति नै गुमाए । त्यति मात्र कहाँ हो र ? श्रेष्ठको गलत निर्णयले गण्डकी प्रदेश सभाको सभापतिमा पनि देउवा समूह पराजित हुन पुग्यो ।
श्रेष्ठले पार्टीभित्र सक्षम र राम्रा नेताहरू हुँदाहुँदै उनीहरूलाई पाखा लगाएर आफ्नै भतिजा मेखलाल श्रेष्ठलाई गण्डकी प्रदेश सरकारमा मन्त्री बनाएका छन् ।
श्रेष्ठले देउवा समूहमा रहेका राजु थापालाई धेरै पेलानमा राखेपछि बाध्य भएर अर्को समूह लागेका छन् ।
सोमबार बिहान एउटा रेडियोसँगको अन्तर्वार्तामा नेता श्रेष्ठले भने, ‘सभापतिमा म आफै उठ्ने भनेको थिएँ । शेरबहादुरले गोपालमानजी एक पटक तपाईले सहयोग गर्न भनेपछि सहयोग गरेँ । मैले अत्याधिक बहुमतले पनि जिताएँ ।’
‘कार्यसमितिमा पनि करीव ८२ प्रतिशत भएको छ । म संगठन विभागको प्रमुख भएर संगठन बनाएकोले त्यसको प्रतिफल मिलेको छ’, उनले भनेका छन् ।
नेता श्रेष्ठले सभापतिमा देउवालाई आफूले जिताएको दाबी गरेका छन् ।
‘रामचन्द्रजीलाई वरिष्ठ नेता बनाइएको छ । उहाँले १४औँ महाधिवेशनमा भाग लिनुभएन । वरिष्ठ बनाउनुभयो । उहाँलाई बनाएपछि मलाई पनि बनाउनुपर्छ’, श्रेष्ठले भने, ‘हामी तीन जना एउटै समकक्षी हौँ । रामचन्द्र वरिष्ठ भएपछि गोपालमानले पनि वरिष्ठ पाउनुपर्छ भन्ने मेरो माग हो । नेता त्रयको कन्सेप्ट हो । म तेस्रो नेता हुनुपर्छ ।’
उनले भने, ‘म कार्यबाहक सभापति भइसकेको व्यक्ति हो । ०१७ सालदेखि सक्रिय भएर लागेको हो ।’
‘मलाई तेस्रो लहरमा राख्न सबै तयार छन् । एक नम्बर मा शेरबहादुर देउवा, दोस्रो नम्बर रामचन्द्र र तेस्रो नम्बरमा म हुनुपर्छ भन्ने माग हो ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया