आईजीपी नियुक्तिमा ‘सिलवाल काण्ड’ गर्न कांग्रेस सभापति बानियाँ र ‘दलाल’हरू सक्रिय

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले अवकास लिने दिन नजिक आइरहेका बेला स्वार्थ समूहले चलखेल शुरू गर्न थालेका छन् ।

प्रहरीको आईजीपीमा वरिष्ठताका आधारमा छनौट हुने गर्छ । एआईजीबाट आईजीपी बनाइनेछ । वरिष्ठताका आधारमा जो आईजीपी बनेपनि हुन्छ । तर, चेनअफ कमाण्ड भत्काउने कार्य गर्न हुँदैन ।

आईजीपी क्षेत्रीले २०७९ वैशाख १८ गते अनिर्वाय अवकाश पाउँदैछन् । प्रहरीमा हालका आईजीपी क्षेत्रीकै ब्याचका एआईजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की पनि अनिर्वाय अवकासमा जानेछन् ।

वरिष्ठताका आधारमा हालका एआईजीपी विश्वराज पोखरेल आईजीपी बन्ने पक्का छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण चुनावको मुखमा विगतको आईजीपी प्रकरणको इतिहाँस दोहोर्‍याउने पक्षमा छैनन् ।

एमाले समर्थकको आरोप खेप्दै आएका दोस्रो नम्बरका एआईजी सहकुलबहादुर थापालाई वरिष्ठता मिचेर आईजीपी बनाउने खेलमा नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्णसबुज बानियाँसहितका केही नेताहरू र दलालहरू दौडधुपमा लागेको चर्चा छ ।

एआईजी थापा र सभापति बानियाँ नजिकका नातेदार पनि पर्छन् । यो समूहले प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणविरुद्ध विभिन्न खालका भ्रामक समाचारहरू लेखाउने गरेको आरोप पनि छ ।

नेपाल प्रहरीमा प्रवेश गर्नुभन्दा पहिला थापा एमालेको सांकृतिक संगठनमा रहेर काम गरेको अनुभव रहेको चर्चा हुने गरेको छ ।

थापालाई तत्कालीन दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रधानमन्त्री पद फुत्किनुभन्दा केही दिन अगाडि डीआईजीबाट एआईजीमा बढुवा गरेका थिए ।

ओलीले थापालाई एआईजी बनाएपछि प्रहरीमा आकर्षक मानिने मानव श्रोत तथा कर्मचारी प्रशासन विभाग दिएका थिए ।

प्रधानमन्त्री देउवाले जिम्मेवारी सम्हाल्नेवित्तिकै गृहमन्त्री खाणमार्फत थापालाई त्यो जिम्मेवारी रोकिदिएका थिए ।

तैपनि थापा चुप लागेर बसेनन् । बानियाँमार्फत बालुवाटारसम्म छिर्न भ्याए । ओली निकटका थापाको केही पनि लागेन ।

आईजीपी नियुक्तिमा विगतमा जस्तो वरीयता मिच्ने कार्य भयो भने चुनावमा बहुमत आउने बेला कांग्रेसलाई ठूलो झट्का लाग्न सक्छ ।

कांग्रेसका केही नेता र दलालहरूले आईजीपी प्रकरणमा आफ्नो स्वार्थको रोटी सेक्ने प्रयासमा छन् । दलालहरूको त्यो कुरा प्रधानमन्त्री देउवा र गृहमन्त्री खाणले राम्रोसँग बुझ्न जरुरी छ ।

बिगतमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको दोहोरो चरित्रका कारण आईजीपी नियुक्तिमा विवाद हुँदा चुनावमा कांग्रेसलाई ठूलो क्षति भएको थियो ।

देउवाले तत्कालीन समयमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउन चाहेका थिए । निधिले एमाले समर्थक नवराज सिलवाललाई आईजीपी बनाउन खोजेका थिए ।

एमाले समर्थक सिलवाललाई आईजीपी बनाउन नपाएको झोँकमा निधिले गृह मन्त्री पदबाट राजीनामा दिएर भागेका थिए ।

देउवाले सम्झाएपछि निधि गृह मन्त्रालयमा फर्किएर पद सम्हालेका थिए । त्यसपछि निधि सभापति देउवासँग टाढिदै गएका थिए ।

निधिले देउवासँग पंगा लिएका कारण अहिले टिमबाट आउट भएका छन् । देउवालाई साथ दिएका कारण चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त भएर पुरस्कृत छन् ।

सर्वोच्च अदालतले चन्दलाई रोकेपछि प्रकाश अर्याल आईजीपी बनेका थिए ।

आईजीपी बन्न डीआईजी सिलवालले कार्यसम्पादन मूल्यांकनमा कीर्ते गरेको आरोप थियो । कीर्ते काण्डमा परेपछि सिलवाल भाग्नु परेको थियो ।

कीर्ते काण्डमा फसेका सिलवाल एमालेमा प्रवेश गरेर सांसद नै बनेका छन् । केही महिना अगाडि मात्रै काठमाडौं प्रहरीका प्रमुख अशोक सिंहले सिलवाललाई सफाइ दिन सिलवालको पक्षमा प्रतिवेदन बनाएका थिए ।

Published : Sunday, 2022 March 6, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया