बारा कांग्रेसको निर्वाचन विथोलियो, सबै मत पत्र जलाइयो
बारा । नेपाली कांग्रेस बाराको निर्वाचन रद्द गरिएको छ ।
शनिबार कलैयाको सिद्धेश्वर संस्कृत माविमा भएको निर्वाचनमा मतपत्र कब्जामा लिएर फर्जी मत खसाल्न थालिएपछि निर्वाचन नै रद्द भएको हो ।
सबै मतपत्र जलाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिएका छन् ।
मतदान स्थलमा नाराबाजीसँगै प्रदर्शन भएको छ । पुनः मतदानको लागि आइतबार बैठक बसेर तय गरिने प्रमुख निर्वाचन अधिकृत उप्रेतीले बताए ।
२ नम्बर निर्वाचन क्षेत्रको ४ वटा बुथमा फर्जी मत खसेपछि अनुगमनको क्रममा अमर्यादित क्रियाकलाप पाइएको हो ।
तयारी अपुग, मतदान स्थलकहाँ तोक्ने र मतपत्र छाप्न ढिलाइ भएकोले मतदान दिउँसो १ बजेदेखि सुरु भएको थियो ।
पदाधिकारीसहित ८० पदका लागि २ सय २७ जना प्रतिस्पर्धा छन् । कुल मतदाता २ हजार ४ सय ८१ मध्ये १ हजार ३ सय मत खसेको थियो ।
सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय गरी दुई जनाले उम्मेदवारी दिएका छन् ।
शेखर कोइराला र कृष्ण सिटौलाको समूहको समर्थनमा रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया