एमसीसी पास नभएको भए आर्थिक क्षेत्रमा प्रभाव पर्थ्यो : गृहमन्त्री खाण
भैरहवा । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले कोरोनाको प्रकोपले असर पारेको मुलुकको अर्थतन्त्रलाई एमसीसी अनुमोदन भएकाले सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभालाई सम्बोधन गर्दै उनले एमसीसी कार्यान्वयनमा जाँदा मुलुकको आर्थिक प्रगति हुने बताए ।
उनले भने, ‘यदि एमसीसी पास नभएको भए नेपालको आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्थ्यो ।
‘परियोजना लागू भएपछि यसले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउँछ’, खाणले भनेका छन् ।
उनले एमसीसी परियोजना नेपालको जलविद्युत क्षेत्रका लागि भएकोले नेपालमा उत्पादित विद्युत्लाई खेर जान नदिएर रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्ने खालका नयाँ क्षेत्रको लगानीको अवसर आउने बताएका छन् ।
‘जुन प्रधानमन्त्रीले एमसीसी परियोजना पास गर्ने भनेर संसदमा ल्याए, उनैले योजनाको पक्षमा भोट हाल्न डराए’, एमालेका अध्यक्ष खड्गप्रसाद ओलीतर्फ संकेत गर्दै खाणले भनेका छन् ।
कांग्रेस प्रतिपक्षमा हुँदा होस् वा सरकारमा हुँदा सधैं निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनले बताएका छन् ।
गृहमन्त्री खाँणले औद्योगिक क्षेत्रमा देखिएको ट्रंक र डेलिकेटेडेट लाइनको विद्युत् महसुलका विषयमा सरकारले उचित समाधान खोज्ने बताएका छन् ।
‘ट्रंकलाइनको महसुल नतिरेका उद्योगको विद्युत् लाइन काटिन्छ कि भन्ने चिन्ता उद्योगीमा छ’, खाणले भने, ‘उद्योगीहरू ढुक्क भए हुन्छ, लाइन काटिँदैन ।’
उनले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) र आईसीपीजस्ता योजनाहरूलाई मूर्तरुप दिन लाग्ने बताएका छन् ।
उनले भन्सारमा अस्थायी भए पनि पार्किङ क्षेत्र निर्माण गर्ने गरी योजना बनिरहेको बताएका छन् ।
खाणले गौतमबुद्ध विमानस्थलको हवाई रुट लिनका लागि सरकार लागि परेको बताएका छन् ।
उनले एउटा ठेकेदारलाई एकै पटक पाँचभन्दा बढी ठेक्का नदिने र एउटा ठेक्काको काम ८० प्रतिशत सकेपछि मात्र अर्को ठेक्का लिन पाउने गरी नियमावली संशोधनलाई अन्तिमरुप दिन लागिएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया