चीनले रुसलाई दियो ठूलो झट्का, तनावमा बेलारुस पनि

बेइजिङ । चीनले नेतृत्व गरेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) ले रुस र बेलारुसमा आफ्ना वित्तीय गतिविधि बन्द गरेको छ ।

एआईआईबीको यो निर्णयले युक्रेनमाथि आक्रण गरेको रुसलाई ठूलो झट्का लागेको छ । रुसले घुमाउरो भाषामा युक्रेनमाथिको आक्रमणप्रति असन्तुष्टि जनाएको छ ।

एआईआईबीले विकसित हुँदै गएको आर्थिक एवम् वित्तीय परिस्थितिलाई मध्यनजर गर्दै रुस र बेलारुसमा आफ्ना सबै गतिविधि बन्द गरेको जनाएको छ ।

बैंकको कदमलाई युक्रेन हमलापछि प्रतिबन्ध एवं विरोध खेपिरहेको रुसप्रति चिनियाँ समर्थन सीमित हुँदै गएको अर्थमा हेरिएको छ ।

बेइजिङस्थित बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थापनले यी परिस्थितिका कारण एवं बैंकको अधिकतम हितलाई मध्यनजर गर्दै रुस र बेलारुससँग सम्बन्धित सबै गतिविधि बन्द एवं पुनरावलोनक गर्ने निर्णय गरेको छ ।’

संसारभर १०५ सदस्य रहेको बहुपक्षीय विकास बैंक एआईआईबीले रुस र बेलारुसमा सबै व्यावसायिक गतिविधि बन्द गर्नुको कारण प्रस्ट रुपमा खुलाएको छैन ।

प्रभावित सबैप्रति आफ्नो समर्थन एवं सहानुभूति प्रकट गरेको छ । ‘हामीले पीडामा रहेका सबैप्रति सहानुभूति राख्छौं’, बैंकले भनेको छ ।

Published : Friday, 2022 March 4, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया