दुईतिहाइको कम्युनिस्ट सरकारले गरेको निर्णय देउवाले उल्ट्याइदिए, दसैँ–तिहाको बिदा बढ्यो
काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कटाएको दसैँ र तिहारको विदा नेपाली कांग्रेस नेतृत्वको सरकारले बढाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदमा गृहमन्त्री बालकृष्ण खाणद्वारा प्रस्ताव गरिएको विदालाई पारित गर्ने निर्णय गरेको हो ।
सरकारले २०७९ सालमा दसैँ–तिहारको बिदा लम्ब्याएर नौ दिन बढाएको छ ।
आगामी वर्ष दसैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी)सम्म बिदा दिने निर्णय भएको छ । कम्युनिस्ट सरकारले यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा हुन्थ्यो ।
अब तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुनेछ । नेवार समुदायले त्यस दिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् ।
आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मदजयन्तीमा पनि बिदा दिने निर्णय भएको छ ।
तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ ।
यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै दुईतिहाइको अघिल्लो कम्युनिस्ट सरकारले गरेका गलत निर्णयलाई उल्ट्याएर जनताको पक्षमा काम गर्दै आएका छन् ।
९० प्रतिशतभन्दा पनि धेरै हिन्दु रहेको देशमा हिन्दुधर्मालम्बीहरूलाई असर पर्ने गरेर तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले दसैँ–तिहारसहितका पर्वको विदा कटौती गरेर अन्याय गरेका थिए । ओली र उनको कम्युनिस्ट सरकारको गतिविधि हिन्दु धर्म विरोधी भएको भन्दै आलोचना भएका थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया