‘साँढे मन्त्री’ मन्त्रालय छिर्दा ठूला कर्मचारी र व्यापारीहरूको भागाभाग, आलेसँग रिसाए सचिव
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कर्मचारीहरूविरुद्ध जथाभावी बोल्नेदेखि विभिन्न खालका आतंक मच्चाएपछि सचिव महेश्वर न्यौपाने असन्तुष्ट बनेका छन् ।
मन्त्रालय मातहतका विभाग, शाखाका प्रमुख तथा ठूला व्यवसायीहरू मन्त्री आलेसँग भेट गर्न मान्दैनन् । आलेले उनीहरूसँग आर्थिकसहितका विभिन्न ‘डिमाण्ड’ गर्ने गरेका कारण उच्च कर्मचारीहरू अगाडि जान डराउने गरेका हुन् । ठूला व्यापारीहरूले पनि मन्त्री आलेलाई भेट्न मन गर्दैनन् ।
मन्त्री आलेले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी)लाई चुनाव खर्च भनेर रकम माग गर्ने गरेको आरोप छ । आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चुनाव खर्च बुझाउन दवाव रहेको आफू निकटका कर्मचारी र नेताहरूसँग कुरा राख्ने गरेको स्रोतको दाबी छ ।
मन्त्री आलेले पछिल्लो समय कर्मचारी र व्यापारीहरूलाई गालीगलौज गर्ने, धम्काउने, व्यापारीहरूलाई विभिन्न खालका दवाव दिन थालेपछि सचिव न्यौपाने असन्तुष्ट बनेको स्रोतले जनाएको छ ।
‘मन्त्रीज्यूले पछिल्लो समय अलिक धेरै अन्याय गर्न थाल्नुभएको छ । ठूला कर्मचारीहरू उहाँको अगाडि जान मन गर्दैनन्, डराउँछन्’, सचिव न्यौपानेको भनाइ उदृत गर्दै एक उच्च कर्मचारीले भने, ‘म अब ४/५ महिनापछि अनिर्वाय अवकासमा जान लागेको छु । सकेसम्म सबैसँग सहज वातावरणमा विदा लिने पक्षमा छु । मन्त्रीज्यूले पनि आफूलाई सुधार गर्नुपर्छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी आएपछि मन्त्री आलेले आफूलाई अलिक परिवर्तन गराएका छन् ।
अधिकारीकै उक्साहटमा मन्त्री आलेले काम गर्ने गरेको आरोप छ । अधिकारीले सचिव न्यौपानेसँग धेरै नजिक हुन चाहँदैनन् ।
आफ्नै मन्त्रालय मातहतका कर्मचारीलाई साँढे भनेर तल्लो तहको अभिव्यक्ति दिएपछि मन्त्री आलेको आलोचना भएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया