मकवानपुर कांग्रेसले इतिहाँस दोहोर्‍यायो, उपाध्याय र बानियाँले गरे कमाल

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा ब्लोन सर्वसम्मत चयन भएका छन् ।

लामाले जिल्ला अधिवेशनमा पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका थिए । लामा मकवानपुर कांग्रेसको दोस्रो सर्वसम्मत सभापति बनेका हुन् । सभापतिमा सर्वसम्मत भएका लामा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

यसअघि २०४६ सालअघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रदेश सभापति बानियाँको पहलमा लामा सभापतिमा सर्वसम्मत भएका हुन् ।

सहमतिपछि बानियाँ र उपाध्यायले पार्टीमा लामो योगदान गरेका लामाप्रति न्याय गरेको कांग्रेसजनहरूले तर्क गरेका छन् ।

पार्टीको आन्तरिक नेतृत्वका लागि मतदानमा होमिएर पुनः कार्यकर्तालाई दुःख दिनुभन्दा सहमतिका लागि पराजुलीले समेत हार्दिकता देखाएको भन्दै कार्यकर्ताबाट उनको प्रशंसा भएको छ ।

दुबै उम्मेदवारबीच सहमति भएपछि नेपाली कांग्रेसमा खुशीको संचार भएको भन्दै कांग्रेस कार्यकर्ताहरूले खुशीयाली मनाउन थालेका छन् ।

यसले आगामी स्थानीय तहको निर्वाचनमा सकारात्मक सन्देश भएको र यसले जिल्लामा कांग्रेसले सुखद् नतिजा ल्याउने जनाइएको छ ।

Published : Tuesday, 2022 March 1, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया