एमालेले संसदमा उत्पात मच्चायो, ओलीपनि नारा लगाउन पुगे

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमालेले फेरि पनि उत्पात मच्चाएको छ ।

आइतबार बसेको संसदको बैठकमा एमालेका सांसदहरूले नारावाजी गरेर अबरोधको प्रयास गरेका हुन् । एमालेका सांसदहरूले नारावाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कामकारबाही अगाडि बढाएका हुन् ।

एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता समेत रहेका खड्गप्रसाद ओली पनि उभिएर विरोध गरेका थिए । ओली उभिएर विरोध गरे पनि एमालेकै अर्का सांसद भीमबहादुर रावल भने कुर्सीमा बसेका थिए ।

एमालेका सांसदहरूले आफ्ना १४ जना सांसदहरूलाई कारबाहीको सूचना जारी गर्न माग गरेर सदनमा नारावाजी गरेका हुन् । उनीहरूले एमसीसीको भने विरोध गरेका थिएनन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिति रहेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको प्रस्ताव छलफलको लागि पेश गरेका छन् ।

Published : Sunday, 2022 February 27, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया