कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन नसकेपछि एमाले यसरी बरबरायो, जिल परे ओली

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्ने निर्णय गरेपछि प्रमुख विपक्षी दल एमाले मुर्छित अवस्थामा पुगेको छ ।

एमसीसीको बहानामा सत्ता गठबन्धन भत्किन्छ कि भन्ने ठानेको एमालेलाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमसीसी पारित गर्ने निर्णय गरेपछि एमालेलाई तनाब भएको हो ।

सत्ता गठबन्धनका दलहरूले एमसीसी पारित गर्न बीचको बाटो अपनाएका थिए । उनीहरूले एमसीसीका केही प्रावधान र अमेरिकासँग गरिएको पत्राचारका आधारमा त्यसको ब्याख्या गर्ने सहमति गरेका छन् ।

गठबन्धनको यो कुरालाई एमालेले गठत रुपमा प्रचारवाजी गरिरहेको छ । सत्ता गठबन्धन भत्काउने एमालेको चाल फेल भएको छ । गठबन्धभित्रको एकता देखेर एमालेका नेताहरू बरबराउन थालेका छन् । बरबराउने सूचीमा एमालेका अध्यक्ष खड्गप्रसाद ओली, महासचिव शंकर पोखरेल, भीमबहादुर रावलहरू अग्रपंक्तिमा छन् ।

एमालेका महासचिव पोखरेलले प्रचण्ड र माधव नेपालको नामै लिएर आलोचना गरेका छन् ।

‘एमसीसी मार्फत सहायता पाउनका लागि आफू सरकारमा रहँदा पत्राचार गरे । सरकारमै रहेका वेलामा सम्झौता समेत गरे ।

तर, एमसीसी राष्ट्रघाती सम्झौता होभन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए’, पोखरेलले भनेका छन्, ‘अहिले सत्तावाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।’

सामाजिक सञ्जालमा एमसीसीका विषयमा एमालेका नेताहरू र कार्यकर्ताहरूले नानाभाँती लेखेर आलोचना गरेका छन् ।

एमसीसी ल्याउन निवेदन दिनेमा एमाले पनि । एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्छ भनेर संसद सचिवालयमा दर्ता गर्ने एमालेकै तत्कालीन अर्थमन्त्री युवराज खतिवडा थिए ।

Published : Sunday, 2022 February 27, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया