कांग्रेसका यी दश जिल्लाको अधिवेशन ५ दिन पछाडि गयो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन हुन बाँकी १६ मध्ये १० वटा जिल्लाको अधिवेशन ५ दिन पछाडि सारेको छ ।

निर्वाचन समितिका सचिव केशव रिजालले निर्वाचन अधिकृतहरूलाई बुधबार परिपत्र जारी गरेर १० जिल्लाको अधिवेशन फागुन १५ को साटो फागुन २० गते अधिवेशन गर्न भनेका छन् ।

अब सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको अधिवेशन फागुन २० गते हुनेछ ।

महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, कैलाली र पर्सासहित ६ जिल्लाको अधिवेशन भने निर्धारित समय फागुन १५ गते हुनेछ ।

एमसीसी संसदमा पेश भएको र सो बैठकमा कांग्रेसका सांसदहरू अनिर्वाय उपस्थित हुनुपर्ने भएका कारण १० जिल्लाको अधिवेशन ५ दिन पछाडि सारिएको हो ।

Published : Wednesday, 2022 February 23, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया