अपदस्थ हुने डरले साँढे मन्त्रीले विवादित ठाकुरलाई ल्याए, मोलमोलाइ शुरू

काठमाडौं । अपदस्थ हुने डरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले हतार–हतारमा विवादास्पद प्रेमनाथ ठाकुरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक (जिएम)मा नियुक्त गरेका छन् ।

मन्त्री आलेले महाप्रबन्धक भोला गुरागाइँमाथि ठूलो अन्याय गर्दै ठाकुरलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । गुरागाइँको समय बाँकी रहँदा–रहँदै जबरजस्ती विदा बस्न लगाएर आलेले ठाकुरलाई नियुक्त गरेको आरोप छ ।

प्राधिकरणभित्र ठाकुर निकै विवादास्पद मानिन्छन् । उनी महाप्रबन्धकमा नियुक्त हुनेवित्तिकै खासखुस हुन थालिसकेको छ । मन्त्री आलेले ठाकुरलाई महाप्रबन्धकमा नियुक्त गर्न आर्थिक चलखेल गरेको आरोप छ ।

महाप्रबन्धक ठाकुरले सोमबार केही व्यापारीहरूलाई बोलाएर गोप्य वार्ता समेत गरिसकेको चर्चा छ ।

उनले व्यापारीहरूसँग उठ्तीपुठ्ती गर्न शुरू गरेको भन्दै प्राधिकरणभित्र चर्चा हुन थालेको छ ।

महाप्रबन्धक गुरागाइँ अनिर्वाय अवकासमा जाने मिति फागुन १६ गतेसम्म छ । ८/९ दिनको समय पनि कुर्न नसकेर मन्त्री आलेले गुरागाइँलाई जबरजस्ती विदा बस्न लगाएर ठाकुरलाई नियुक्त गरेका हुन् ।

प्राधिकरणभित्र साँढे मन्त्री आलेले आतंक मच्चाउँदा पनि कर्मचारीहरू डरले बोल्न सकेका छैनन् ।

एमसीसीका कारण सरकारबाट मन्त्री आलेको पार्टी नेकपा (एकीकृत समाजवादी) बाहिरिने सम्भावना बढेपछि हतार–हतारमा आलेले नियुक्तिहरू गरेका छन् ।

एमसीसीको विपक्षमा आलेको पार्टीले मतदान ग¥यो भने प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसका मन्त्रीहरूलाई घोक्रेठ्याक लगाइदिने सम्भावना छ ।

Published : Tuesday, 2022 February 22, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया