महाअभियोग दर्ता भएकै दिन शेखरले सुटुक्क भण्डारीलाई भेटे
काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेकै दिन नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सुटुक्क भेटवार्ता गरेका छन् ।
आइतबार शीतलनिवास पुगेर कोइरालाले भण्डारीसँग भेट गरेका हुन् । भेटमा के–के विषयमा कुराकानी भएको हो कोइराला र भण्डारीले केही भनेका छैनन् ।
प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएको विषयमा शेखरले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।
प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको सधैँ आलोचना र असहयोग गरेर नेता बनेका शेखरले महाअभियोगको प्रस्ताव दर्ता भएकै दिन भण्डारीलाई भेटेपछि रहस्यको विषय बनेको छ ।
भण्डारीको मातृपार्टी एमाले महाअभियोगको विपक्षमा छ । एमालेले महाअभियोगको सामना गर्ने निर्णय गरिसकेको छ ।
एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति भण्डारीले पदीय मर्यादा विपरीत राजनीतिक भेटघाट गरेको भनेर आलोचना हुँदै आएको छ ।
यसअघि, एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरिसकेका शेखरले भण्डारीलाई अचानक भेट गरेपछि कांग्रेसका कार्यकर्ताहरू चकित परेका छन् ।
शेखरले नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको बिरोध गर्दै आएका छन् । उनले निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताउने गरेका छन् ।
कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका दलहरूसँग गठबन्धन हुन नदिने शेखरले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
पार्टीको लाइनभन्दा बाहिर गएर कम्युनिस्टहरूलाई भेटेर ५ दलीय गठबन्धनको विरोध गर्दै आएका शेखरका हर्कत र गतिविधिहरू शंकास्पद रहेको भनेर आलोचना गरेको छ ।
बिचार/ब्लग
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया