एमालेका सांसद एवं पूर्वमन्त्रीद्वारा अप्सरामा महिलालाई बलात्कार, २५ लाख पनि खाइदिएको जाहेरी
नेपालगञ्ज । एमालेका सांसद एवम् पूर्वमन्त्री मोहन बानियाँलाई बलात्कारको अभियोग लागेको छ ।
जुम्ला घर भएकी एक महिलाले सांसद बानियाँलाई बलात्कारको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छिन् । सांसद बानियाँ मुगु जिल्लाबाट प्रतिनिधि सभामा एमालेका तर्फबाट समानुपातिकमा प्रतिनिधित्व गर्छन् ।
महिलाले बानियाँविरुद्ध दिएको जाहेरीलाई बाँके प्रहरीले लिए पनि दर्ता गरेको छैन ।
एमालेका सांसद बानियाँले पीडित महिलासँग नगद २५ लाख रुपियाँ समेत लिएको जारहीमा उल्लेख गरेकी छिन् ।
२०७६ साल मंसिर ८ गते २५ लाख रुपियाँ एमालेका सांसद बानियाँलाई दिएको महिलाले दाबी गरेकी छिन् । महिलासँग रकम लिएर बानियाँले संयुक्त व्यापार गर्ने बचन दिएको जाहेरीमा उल्लेख छ । दिएको रकम व्याजसहित फिर्ता दिन भनेपछि बानियाँले चेक समेत दिएका थिए ।
सांसद बाँनियाले रकम दिने भन्दै नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएका थिए । ‘म होटलको २१५ नम्बरको कोठामा बसेकी थिए’, जाहेरीमा ती महिलाले भनेकी छिन्, ‘एक्कासि बिहान ५ बजे तपाइँको रकम आयो ढोका खोल्नुस् भने । ढोका खोलेपछि बलात्कार गरे । बाध्य भएर प्रहरीकोमा पुगे ।’
एमालेका सांसद बानियाँविरुद्धको जाहेरीलाई बाँके प्रहरीले तीन दिनदेखि हल्लाएर राखेको आरोप पीडित महिलाले लगाएकी छिन् ।
बाँनियाविरुद्ध दिएको जाहेरी तत्काल दर्ता गर्न पीडित महिलाका आफन्तजनहरूले माग गरेका छन् ।
मुद्दा दर्ता गर्न ढिलाइ भइरहेको भन्दै पीडित महिलाले तत्काल मुद्दा दर्ता गरेर न्याय दिन आग्रह गरेकी छिन् ।
जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले पीडित महिलाले दिएको जाहेरी उपर अनुसन्धान भइरहेको बताएका छन् ।
न्यौपानेले बहालवाला सांसदका विरुद्ध जाहेरी आएको भन्दै संसद चलिरहेका बेला सभामुखबाट अनुमति लिनुपर्ने भएकाले जाहेरी दर्तामा केही ढिलाई भएको बताएका छन् ।
बाँके प्रहरीले महिलाको मेडिकलदेखि घटनास्थल जाँच समेत भइसकेको बताएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया