कांग्रेस नेतृत्वको सरकारको निर्णयलाई चुनौती दिनेले सबक पाए

काठमाडौं । सर्वोच्च अदाललते स्थानीय तहको निर्वाचनविरुद्ध परेको रिटलाई दरपीठ गरेपछि वैशाख ३० गते निर्वाचन हुने बाटो खुलेको छ ।

मन्त्रिपरिषदको बैठले वैशाख ३० गतेका लागि निर्वाचन तोकेपछि बुधबार सञ्जीवकुमार साहले सर्वोच्चमा रिट दिएका थिए । साह महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका प्रमुख (मेयर) हुन् ।

साहले पाँच वर्षे कार्यकाल नपुगेको भन्दै मन्त्रिपरिषदको निर्णय खारेज गर्न मागसहित रिट दर्ता गराएका थिए । सर्वाेच्चले दर्ता गर्न अयोग्य भएको भन्दै दरपीठको आदेश दिएपछि वैशाख ३० गतेको निर्वाचन सहज भएको छ ।

सर्वाेच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले मेयर साहको निवेदन दर्ता गर्न अयोग्य रहेको जनाएका छन् ।

मेयर साहले आफू २०७४ को असोज ७ गते निर्वाचित भएको भन्दै कार्यकाल २०७९ को असोज ६ गते पूरा हुने जनाएका थिए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले वैशाख ३० गते निर्वाचन गर्नका लागि धमाधम तयारी गरेको छ । सरकारले चुनाव केन्द्रित कार्यक्रम गरिसकेको छ ।

Published : Wednesday, 2022 February 9, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया