एमसीसी र चुनावमा दवाव बढेपछि दाहाल–नेपालबीच भेटवार्ता

काठमाडौं । एमसीसी र स्थानीय तहको निर्वाचनले मुलुकमा उथलपुथल भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान ललितपुरको खुमलटारमा दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरूका बीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बुझिएको छ ।

एमसीसीको विषयलाई लिएर ५ दलीय गठबन्धनभित्र विभाजन छ । एमसीसी संसदमा पेस गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सारिएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निकटता बढाइरहेका बेला दाहाल र नेपालबीच भेटवार्ता भएको छ ।

Published : Wednesday, 2022 February 9, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया