शेखरद्वारा ओलीसँग गोप्य भेट, एमालेसँग साँठगाँठ

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई कुनै पनि जानकारी नदिएर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग गोप्य भेटवार्ता गरेका छन् ।

मंगलबार साँझ नेता कोइरालाले ओलीलाई बालकोटस्थित निवासमा पुगेर भेट गरेको उच्च स्रोतले जनाएको छ । कोइराला र ओलीबीच के कुराकानी भएको हो केही भनिएको छैन ।

ओलीलाई भेट्न जानुभन्दा अगाडि कोइरालाले पार्टीलाई जानकारी दिनुपर्ने थियो । तर, कोइरालाले कसैलाई पनि जानकारी नगराएको स्रोतले जनाएको छ ।

कांग्रेसभित्र गुटको राजनीति नगर्ने भनेर सभापतिमा उम्मेदवारी दिएर पराजित भएका कोइरालाले एमालेका अध्यक्षलाई पार्टी नेतृत्वलाई छलेर भेट गरेपछि आलोचना भएको छ ।

नेता कोइराला कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको विरोधमा छन् । उनले एमालेका अध्यक्ष ओलीलाई भेट गरेर के गर्न खोजेका हुन् ? प्रश्न उठेको छ ।

ओलीले कांग्रेस नेतृत्वको सरकारलाई असफल बनाउन प्रतिनिधि सभाको बैठक अबरोध गर्दै आएका छन् ।

पार्टीभित्र विधि र विधानको कुरा गर्ने कोइरालाले आफै विधिलाई उल्लंघन गरेर ओलीलाई भेट गरेको आरोप छ ।

Published : Tuesday, 2022 February 8, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया