काण्डै काण्डको आहालमा चुर्लुम्म डुबेका यी ‘राष्ट्रवादी’ को हुन् ?
काठमाडौं । कुनै बेला नेपाल एअरलाइनको जहाजले सीधै लन्डन र फ्रैंकफर्ट उडान भर्थ्यो । त्यस जहाजका स्थाई रूपमा बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकका लागि २५ सिट बुक थियो । जहाजमा सबै जनाले यात्रा गरे पनि वा नगरे पनि सबै सिटको भाडा नेबानिले पाउँथ्यो । सबै सिटको आम्दानी खर्च बराबरी हुनेगर्थ्यो ।
बाँकी यात्रुबाट उठेको रकम ठाडै नाफा हात लाग्थ्यो । ठीक त्यहीबेला एकजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आए । जुन अहिले एमालेका अध्यक्ष खड्गप्रसाद ओली विरोधी विद्रोही नेताका रुपमा चिनिन्छन् । उनै मन्त्रीले उडान नै क्यान्सिल गरिदिए ।
नेबानिको उडान बन्द भएपछि बेलायती सेनाबाट प्राप्त हुने त्यो नाफा कतारको पोल्टामा गयो । ती स्वाघोषित राष्ट्रवादी नेता हुन एमालेका भीमबहादुर रावल ।
रावलले मन्त्रीले कतारलाई बिना रोयल्टी दोहा–काठमाडौं–क्वालालम्पुर उडानको स्वीकृति दिए । काठमाडौंलाई ‘फ्री हब’ बनाउन दिइयो । जबकी ४० वर्षअघि थाइ एरवेजले बैंकक–काठमाडौं–कलकत्ता रुटमा कलकत्ताको पेसेन्जर पिकअप र ड्रप अप गरे बापत नेपाल एअरलाइन्सलाई २५ डलर प्रतियात्रु तिर्थ्यो ।
उनै तत्कालीन पर्यटन मन्त्री भीम रावलले नेपालको बेलायतस्थित राजदूतावास (साउथ एसियाकै पहिलो दूतावास) को महँगो घर लक्ष्मी मित्तललाई कौडीको भाउमा बेच्ने कोसिस गरेका थिए । जुन लन्डनको प्राइम लोकेशनमा छ । तत्कालीन राजमो सांसद रहेका लेखा समितिका सभापति परी थापाले हस्तक्षेप गरेका कारण जोगियो ।
यति मात्र होइन, उनै तत्कालीन मन्त्री भीम रावलले चीनको साउदर्न चाइनाको जहाज लिजमा ल्याए । सामान्यतया जहाज भाडामा लिँदा उडान घण्टाका दरले भाडा तिरिन्छ । तर साउदर्न चाइनालाई निष्कृय समय (आइडल आवर) को भाडा तिर्ने प्रपंच मिलाइयो ।
स्मरणीय रहोस् आजभोलि उनै मन्त्री भीम रावल पानीमाथिको ओवानो बनेर घोर ‘स्वाभिमानी’ ‘राष्ट्रवादी’ र ‘स्वच्छ’ कहलिन खोजेका छन् । ती काण्डमा राम्रो शुभलाभ गरेको चर्चा अझै सेलाएको छैन । उनै मन्त्री भीम रावलले यूएनका दुईवटा गाडी बेचेर खाएको प्रसङ्गसमेत ताजै छ । पछिल्लो समय ती वरिष्ठका महानुभावको जर्मनीमा कुमार पन्त नाम गरेका ब्यक्तिसंगको साझेदारीमा होटेल चेन खुलेको बुझिएको छ । ‘लक्जरियस’ होटलको विषयमा एमालिभत्रै चर्चाको विषय बनेको छ ।
ती नेतामाथि प्रचण्ड र ओली नेतृत्वको नेकपामा स्थायी कमिटी सदस्य रहेका बेला ३० लाख रुपियाँ हिनामिना गरेको गम्भीर आरोपसमेत लागेको थियो । त्यतिबेला उनी सुदूरपश्चि प्रदेश इञ्चार्ज थिए । त्यो संगिन आरोप ओली समूहले लगाएको थियो । उक्त पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले पार्टीको खातामा रहेको ३० लाख रुपियाँ स्वाहा पारेको भन्दै पार्टी हेडक्वाटरमा उजुरीसमेत गरेको थियो ।
हिनामिनाको आरोपसहित प्रदेश इञ्चार्जबाट हटाएर कारबाही गर्नसमेत केन्द्रलाई सिफारिस गरिएको थियो । नेकपाको फुटपछि त्यो विषयभित्रै सामसुम पारियो । तिनै नेता भीम रावल अहिले घोर राष्ट्रवादी भन्दै एमालेभित्र र बाहिर यतिबेला ठट्टाको विषय बनेको छ ।
यीनै नेता मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जुन राष्ट्रिय हितका लागि अमेरिकाले अनुदान सहयोग दिएको परियोजनाको नियोजित विरोधमा छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया