कांग्रेसका सह–महामन्त्री राठौरलाई ओमिक्रोनको संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

सह–महामन्त्री राठौरलाई ओमिक्रोन भेरिएण्टको संक्रमण देखिएको हो ।

कोरोनाभाइरसको तेस्रो चरणको संक्रमण देखिएका बेला सह–महामन्त्री राठौर संक्रमित भएका छन् ।

राठौरले स्वाब परीक्षण गरेका थिए । परीक्षणका क्रममा पोजेटिभ देखिएको कांग्रेसका एक नेताले जनाएका छन् । उनी आइसोलेसनमा बसेका छन् ।

Published : Thursday, 2022 January 13, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया