आफ्नै जिल्लामा समाप्त भए भीम रावल

रामारोसन । अछाम जिल्लामा एमालेको अध्यक्षमा चन्द्रबहादुर बोहरा वियजी भएका छन् ।

बोहरा अध्यक्ष खड्गप्रसाद ओली निकटका हुन् । नेता भीमबहादुर रावल निकटका अध्यक्ष पदका उम्मेदवार प्रकाशबहादुर शाह पराजित भएका छन् ।

अछाम एमालेको अधिवेशनमा ७५० मत खसेको थियो । बोहराले ४३१ मत ल्याएर विजयी भएका थिए । शाहले ३०७ मत पाएका थिए ।

अध्यक्षका दुबै जनाले प्यानल बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।

उपाध्यक्षमा रावल समूहका बलबहादुर कुँवर विजयी भएका छन् । सचिवमा पनि रावल समूहका भीमबहादुर रावल ‘कालोटोपी’ विजयी भएका छन् ।

दुई उप–सचिवको पदमा सात जनाको उम्मेदवारी परेको थियो ।

डम्बर विसी र प्रेम महर विजयी भएका छन् । विसी अध्यक्षमा निर्वाचित बोहराको समूहका हुन् । महर अध्यक्षमा पराजित शाह निकट मानिनछन् ।

आफ्नै गृहजिल्ला अछाममा एमालेका नेता रावल पराजित भएका छन् । सत्तामा रहँदा मुसो नमार्ने, सत्ताभन्दा बाहिर आएपछि कथित राष्ट्रवादी कुरा गरेर जनतालाई भ्रममा पार्दै आएका कम्युनिस्ट नेता रावलको हैसियत गृहजिल्ला अछाममा देखिएको छ ।

Published : Thursday, 2022 January 13, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया