लिपुलेकमा मोदीले सडक बनाउन लागेको बारे किन बोल्दैनन् गगन–शेखर ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाले लिपुलेकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सडक बनाउने भनेर दिएको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रमुख विपक्षी दल एमालेले विज्ञप्ति जारी गरेर लिपुलेकमा मोदीले सडक बनाउने भनेर दिएको अभिव्यक्तिको आलोचना गरेको छ । नेपाली भूमि लिपुलेकमा सडक बनाउने मोदीको विवादास्पद अभिव्यक्तिको विरोध हुँदा समेत कांग्रेसले बोलेको छैन ।
राष्ट्रियताको कुरा जोडदार रुपमा उठेका बेला महामन्त्री थापाले मोदीको अभिव्यक्तिका विषयमा मुख खोलेका छैनन् ।
कांग्रेसको सभापतिमा पराजित भएका शेखरले पनि भारतीय प्रधानमन्त्री मोदीको विवादास्पद अभिव्यक्तिका विषयमा बोलेका छैनन् ।
महामन्त्री थापा र नेता शेखरले मोदीको विवादास्पद अभिव्यक्तिको किन बिरोध नगरेका हुन् रहस्यपूर्ण रहेको छ ।
कांग्रेसभित्र राष्ट्रियताको कुरा उठाएर विगतमा उत्पात मच्चाउँदै आएका थापा र शेखरले कुन मौनता राखेका हुन् कार्यकर्ताले प्रश्न उठाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया