माओवादीमा शर्माले प्रचण्डलाई उछिने, दाहाल परिवार चकित
काठमाडौं । माओवादी केन्द्रका नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले परिवारका सदस्यहरूलाई भरेर पार्टीभित्र कब्जा जमाएका छन् ।
शर्मा माओवादीभित्र अवसर पाउने नेतामा सबैभन्दा अग्रस्थानमा पर्छन् । शर्मा मन्त्री पनि पटक–पटक बनेका छन् । अवसर पाउनेमा शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारलाई उछिनेका छन् ।
शर्मा महाधिवेशनभन्दा अगाडि माओवादीको संगठन विभाग प्रमुख थिए । शर्माले महासचिव पदमा दाबी गरिरहेका छन् ।
अर्थमन्त्री शर्माका सहोदर भाइ अनिल शर्मा र बहिनी नारायणी शर्मा माओवादीको केन्द्रीय सदस्य चयन भएका छन् ।
बहिनीज्वाइँ ओम शर्मा भनिने ओमनाथ ढुंगाना पनि केन्द्रीय सदस्य छन् ।
भाइबुहारी विमला केसी कर्णाली प्रदेश कमिटीको अध्यक्ष छिन् । शर्माका नजिकका नातेदार भाइ पर्ने राजकुमार शर्मा रुकुमपश्चिमका जिल्ला समन्वय समितिका प्रमुख छन् । नजिकको नाता पर्ने जगप्रसाद शर्मा पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।
अर्थमन्त्री शर्माका ठूलोबुबाका छोरा वसन्त शर्मा र माइलो बुबाकी छोरी लुम्बिनी गौतम पनि केन्द्रीय समितिमा चयन भएकी छिन् ।
अर्थमन्त्री शर्माका अर्का भाइ ओपेन्द्र शर्मा पनि राजनीतिमा क्रियाशील छन् । ओपेन्द्र शर्मा राष्ट्रिय समाचार समितिको महाप्रबन्धक छन् ।
ओपेन्द्र राससको महाप्रबन्धक भएकाले पार्टीको महाधिवेशन प्रतिनिधिमात्र भएका थिए ।
अर्थमन्त्री शर्माका कान्छा भाइ अनिल शर्मा केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।
प्रचण्डको परिवारबाट चार जना केन्द्रीय सदस्य बनेका छन् । प्रचण्डलाई परिवारवादको आरोप लागेका बेला अर्थमन्त्री शर्माले माओवादीमा पूरै परिवारलाई ठूला र आकर्षक पदहरू दिएर सबैलाई चकित तुल्याइदिएका छन् ।
माओवादीभित्र सबैभन्दा धेरै पटक मन्त्री बनेर रेकर्ड राख्नेमा गिरिराजमणि पोखरेल रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया