कांग्रेसको सरकार सफल बनाउन पौडेलको ठूलो प्रयास, ओली नै प्रभावित
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेट गरेर प्रतिनिधि सभाको अबरोध हटाउन आग्रह गरेका छन् ।
बुधबार भक्तपुरको बालकोटमा भएको भेटमा पौडेलले ओलीलाई संसदको गतिरोध हटाएर सहमति र सहकार्यका साथ अगाडि बढ्न आग्रह गरेका छन् । त्यसका लागि वार्ता र सम्वाद गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।
पौडेलले सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्षता समेत गरिरहेका छन् ।
पौडेल र ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा कुराकानी भएको थियो ।
निरन्तर रुपमा संसद् अवरुद्ध भइरहँदा त्यसले राम्रो सन्देश नदिएको पौडेलले बताएका छन् ।
ओलीले एमालेले कारबाही गरेका सांसदहरूको विषयमा निर्णय लिन सभामुखले अटेरी गरेको बताएका छन् ।
ओलीले एमालेबाट कारबाही गरेका सांसदहरूका बारेमा सभामुखले निर्णय नदिएसम्म संसद् सुचारु हुन नसक्ने जवाफ पौडेललाई दिएका छन् ।
पौडेल र ओलीबीच प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराका कारण सर्वोच्च अदालतमा तनावको स्थिति उत्पन्न भएको भन्दै सो विषयमा पनि समाधान खोजेर अगाडि बढ्नेबारे छलफल भएको थियो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउन नेता पौडेलले प्रमुख विपक्षी दल एमालेका नेतासँग परामर्श गरेका छन् ।
शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, दीपक गिरीसहितका नेताहरूले बबरमहलमा गुटको भेला गरेर सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नानाभाँती निर्णय गरिरहेका बेला वरिष्ठ नेता पौडेलले ओलीसँग भेटेर सहमतिको प्रयास गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया