मन्त्री झाक्रीको छक्कै पर्ने कार्य, समर्थकहरू दिक्क

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाक्री आश गरिएकी मन्त्री हुन् । उनले विगतमा गरेको कामबाट युवाहरू खुसी छन् ।

मन्त्री बनेपछि झाक्रीले सबै आदर्श र अभिव्यक्तिहरूलाई भत्काएकी छिन् । मन्त्री भएर मन्त्रीको पदीय दायित्वमा बस्नुपर्ने भनेर झाक्रीलाई सुझावहरू आउने गरेका छन् । झाक्रीमा सुधारका संकेत देखिएका छैनन् भनेर टिकाटिप्पणी हुने गरेका छन् ।

मन्त्री बनेपछि झाक्रीमा पलाएको महत्वकांक्षाले आलोचित बनेकी छिन् । झाक्रीले बेलाबेला राम्रो काम गर्ने प्रयास पनि गर्ने गरेकी छिन् । उनलाई आफ्नै कर्मचारी र आसोपासेहरूले विभिन्न बहानामा अबरोध गरिरहेका छन् ।

गृहजिल्ला गुल्मीमा ५ जना प्रहरीका अगाडि पिर्के सलामी लिएपछि मन्त्री झाक्री आलोचित बनेकी छिन् ।

गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा प्रहरीबाट पिर्के सलामी लिएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा झाक्रीको आलोचना भएको छ ।

सन् २०१९ को जुलाइ ५ मा झाक्रीले आफ्नै ट्वीटर ह्याण्डलमा ‘टेबल सलामी, पिर्के सलामीपछि कुर्ची सलामी’ भनेर एउटा तस्वीर सार्वजनिक गरेकी छिन् ।

सलामीको विरोध गर्ने झाक्रीले आफू मन्त्री बनेपछि पिर्के सलामी किन लिइन् भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

Published : Monday, 2022 January 3, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया